एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन प्रिक रेसे प्रावि र क्रोपर हा प्रावि मतदान केन्द्रमा पुगी निर्वाचनको पर्यवेक्षण गरेका थिए ।

उनको सचिवालयका अनुसार अध्यक्ष ओलीसहितको टोली निर्वाचनको पर्यवेक्षण गर्दा मतदान केन्द्रमा शान्त वातावरणमा निर्वाचन हुँदै र ७० प्रतिशतभन्दा माथि मतदान सम्पन्न भइसकेको थियो ।

कम्बोडियामा आज सातौँ राष्ट्रिय व्यवस्थापिकाको एक सय २५ जना विधायकहरूको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा तीन सय ३४ जना विदेशी पर्यवेक्षकले बिहानदेखि पर्यवेक्षणमा गरेका थिए ।

अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि यही साउन २ गते त्यसतर्फ गएका थिए । उनको साथमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ३७ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका