आजको मौसम : कतै भारी, कतै छिटपुट वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : कतै भारी, कतै छिटपुट वर्षाको सम्भावना


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : १६ बजे

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं– आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने

प्रहरीसहित राजस्व टोलीले छापा मारेपछि सिरहाका व्यावसायी आतंकित

सिरहा– सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौँ– सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै

काठमाडौं– १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल