नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजोदेखी सुरू भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि फरक मत राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : २१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट