जेब्राको शरीरमा काला धर्काहरू हुनुको रहस्य के हो त ? « Khabarhub

जेब्राको शरीरमा काला धर्काहरू हुनुको रहस्य के हो त ?


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेब्रा हामी सबैलाई थाहा छ । हामी सबैले पत्रिका वा किताबमा यसको तस्बिरहरू पनि देखेका छौँ । जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रङ्ग दिएको छ ।

तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्जाएको छ । सायद तपाईँको मनमा पनि यो प्रश्न उठेको होला ।

जेब्रा एक स्तनधारी जनवार हो । यो झट्ट हेर्दा घोडाजस्तो देखिए पनि अकारमा घोडाभन्दा अलिक सानो हुन्छ । शरीरमा कालो धर्काका कारण जेब्रा हेर्दा निकै सुन्दर देखिन्छन् ।

अध्यायन अनुसार जेब्राको शरीरमा भएको रोग फैलने र विभिन्न रगत चुस्ने किराहरुबाट बचाउन मद्दत गर्ने पनि निष्कर्ष निकालेका छन् ।

त्यति मात्र होइन, कालो धर्काहरूले जेब्रालाई अरु मांसाहारी जनावरहरुबाट बचाउने गर्छ । सुन्दा अचम्म लाग्न सक्छ, यस्तो रङ्गले सिंहजस्ता सिकारी जनवारहरूबाट बच्न कसरी मद्दत गर्छन् त भनेर ।

सिंहहरू रङ्ग छुट्याउन नसक्ने अर्थात् कलर ब्लाइन्ड हुन्छन् । त्यसैले, उनीहरुको नजरमा जेब्राको शरीरमा भएको कालो रङ्गको बनावट र घाँसको बनावट मिल्ने हुन्छ । यस्तो अवस्थामा तिनीहरू घाँसमा नहल्ली बस्दा सिंहलाई चिन्न निकै गाह्रो पर्छ ।

अन्य सिकारी जनवारहरूबाट बच्न तिनीहरुको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ ।

तर त्यस्ता जनावरहरूबाट तिनीहरूलाई बचाउने मुख्य हतियार भनेको जेब्राको समूहमा सँगै हिँड्ने बानी हुन्छ । जेब्राहरु प्रायः सधैँ ठूलो समूह बनाएर एकैठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरूलाई घाँस भनेर झुक्किने गर्छन् ।

र, सबै जेब्रालाई ठूलो जनवार ठानेर आक्रमण गर्ने आँट गर्दैन ।

वैज्ञानिकका अनुसार जेब्राले खानेकुरा ढिलोगरी पचाउने गर्छ त्यही कारण उसले खानेकुरा खाएर बस्नको लागि अफ्रिकाको गर्मीमा लामो समय खुला भागमा उभिनुपर्ने हुन्छ । र, त्यसरी घाममा उभिन जेब्राको शरीरमा हुने उक्त धर्काले तातो घाममा गर्मी हुनबाट बचाउने गर्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ५१ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा