जेब्राको शरीरमा काला धर्काहरू हुनुको रहस्य के हो त ? « Khabarhub

जेब्राको शरीरमा काला धर्काहरू हुनुको रहस्य के हो त ?


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेब्रा हामी सबैलाई थाहा छ । हामी सबैले पत्रिका वा किताबमा यसको तस्बिरहरू पनि देखेका छौँ । जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रङ्ग दिएको छ ।

तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्जाएको छ । सायद तपाईँको मनमा पनि यो प्रश्न उठेको होला ।

जेब्रा एक स्तनधारी जनवार हो । यो झट्ट हेर्दा घोडाजस्तो देखिए पनि अकारमा घोडाभन्दा अलिक सानो हुन्छ । शरीरमा कालो धर्काका कारण जेब्रा हेर्दा निकै सुन्दर देखिन्छन् ।

अध्यायन अनुसार जेब्राको शरीरमा भएको रोग फैलने र विभिन्न रगत चुस्ने किराहरुबाट बचाउन मद्दत गर्ने पनि निष्कर्ष निकालेका छन् ।

त्यति मात्र होइन, कालो धर्काहरूले जेब्रालाई अरु मांसाहारी जनावरहरुबाट बचाउने गर्छ । सुन्दा अचम्म लाग्न सक्छ, यस्तो रङ्गले सिंहजस्ता सिकारी जनवारहरूबाट बच्न कसरी मद्दत गर्छन् त भनेर ।

सिंहहरू रङ्ग छुट्याउन नसक्ने अर्थात् कलर ब्लाइन्ड हुन्छन् । त्यसैले, उनीहरुको नजरमा जेब्राको शरीरमा भएको कालो रङ्गको बनावट र घाँसको बनावट मिल्ने हुन्छ । यस्तो अवस्थामा तिनीहरू घाँसमा नहल्ली बस्दा सिंहलाई चिन्न निकै गाह्रो पर्छ ।

अन्य सिकारी जनवारहरूबाट बच्न तिनीहरुको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ ।

तर त्यस्ता जनावरहरूबाट तिनीहरूलाई बचाउने मुख्य हतियार भनेको जेब्राको समूहमा सँगै हिँड्ने बानी हुन्छ । जेब्राहरु प्रायः सधैँ ठूलो समूह बनाएर एकैठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरूलाई घाँस भनेर झुक्किने गर्छन् ।

र, सबै जेब्रालाई ठूलो जनवार ठानेर आक्रमण गर्ने आँट गर्दैन ।

वैज्ञानिकका अनुसार जेब्राले खानेकुरा ढिलोगरी पचाउने गर्छ त्यही कारण उसले खानेकुरा खाएर बस्नको लागि अफ्रिकाको गर्मीमा लामो समय खुला भागमा उभिनुपर्ने हुन्छ । र, त्यसरी घाममा उभिन जेब्राको शरीरमा हुने उक्त धर्काले तातो घाममा गर्मी हुनबाट बचाउने गर्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ५१ बजे

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको