पाकिस्तानमा १२ घण्टादेखी ‘तुइन’ मा फसेका बालबालिकाको मध्यरातमा उद्धार « Khabarhub

पाकिस्तानमा १२ घण्टादेखी ‘तुइन’ मा फसेका बालबालिकाको मध्यरातमा उद्धार


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठ जनाको अबेर राति उद्धार गरिएको छ ।

पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन् । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका लागि स्थलगत अभियान सुरु गरेको थियो ।

खैबर पख्तुनख्वाको बट्टाग्राम जिल्लाको पहाडी क्षेत्रमा प्रतिकूल मौसमबीच सूर्यास्त हुनुअघि पाकिस्तानी सेनाको विशेष सेवा समूहले दुई बालबालिकालाई उद्धार गरेको हो । पाकिस्तानको सरकारी प्रसारक पीटीभी न्यूजले सेनालाई उद्धृत गर्दै रातको अन्धाकार र मौसमको कारणले हवाई अपरेशन स्थगित गरेको र वैकल्पिक माध्यम मार्फत उद्धार प्रयास सुरु गरेको जनाएको थियो ।

बट्टग्राम जिल्लाको अल्लाई तहसीलमा बिहान करिब ८ बजे बालबालिका विद्यालय जाँदै गर्दा उक्त घटना भएको हो । अल्लाई तहसीलका अध्यक्ष मुफ्ती गुलामुल्लाहलाई उद्धृत गर्दै पाकिस्तान मिडियाले जनाएअनुसार उक्त क्षेत्रमा कुनै सडक वा पुल नभएकोले खोला पार गर्न स्थानीयहरूले निजी क्षेत्रबाट सञ्चालित चेयरलिफ्टको प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार केबल बिग्रिएको कारण एउटा चेयरलिफ्ट सडकको बीचमा ९०० फिटको उचाइमा अड्किएको थियो । घटनामा ६ बालबालिकासहित आठ जना फसेका थिए ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : १६ बजे

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति

भद्रपुर– झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका