अमेरिकी राजदूत थम्पसन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता « Khabarhub

अमेरिकी राजदूत थम्पसन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राजदूत थम्पसन सभापति लामिछानेलाई भेट्न रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए ।

भेटवार्ताका क्रममा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, पार्टीकी केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता थियो ।

रास्वपाले सामाजिक सञ्जालमार्फत् भेटवार्ताबारे जानकारी दिएको हो । भेटवार्ताका क्रममा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे पनि चर्चा भएको थियो । यस समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावसको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १ : ५७ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६