अविरल वर्षाका कारण काठमाडौँमा ट्राफिक व्यवस्थापन जटिल « Khabarhub

अविरल वर्षाका कारण काठमाडौँमा ट्राफिक व्यवस्थापन जटिल


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।

सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित परेको वर्षाका कारण उपत्यकाभित्रका केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताए । “ठूलो पानी परेपछि  साघुँरा, खल्डाखुल्डी भएका सडकमा पानीको निकास नहुँदा समस्या भएको छ”, उनले भने, “सडकका खाल्डोमा पानी जम्दा सवारी आवागमनमा समस्या भएको हो ।”

भट्टका अनुसार उपत्यकाभित्र दैनिक सवारी साधनको सङ्ख्या बढे पनि बाटो नबढ्दा लामो समयसम्म सावरी जाम हुने गरेको छ । “कार्यालय समयमा बढी जाम हुने गरेको हो”, उनले भने, “उपत्यकामा दिनानुदिन जनसङ्ख्या  बस्ती बढेको छ । सडक विस्तार तथा पूर्वाधार निर्माणको अवस्था उस्तै छ ।”

काठमाडौँ उपत्यकामा विसं १९५८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारीसाधन बोकाएर काठमाडौँ ल्याएका थिए । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै अहिले सवारी साधनको सङ्ख्यासमेत उल्लेख्य रुपमा बढेको छ ।

हाल देशभर झन्डै ३५ लाख र बागमती प्रदेशमा मात्रै १८ लाखभन्दा बढी सवारी साधन रहेका यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै १३ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

नेपालमा विसं २००४ देखि विधिवत् रुपमा सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि विसं २००७ देखि  मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो । कम बाटो र सीमित सवारीसाधनका कारण विसं २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा एक सय २५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गरेका महाशाखाका प्रवक्ता भट्टले जानकारी दिए ।

उनका अनुसार हाल एक हजार आठ सय ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौँ उपत्यकाभित्र दुई हजार किलोमिटर सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने पाँच सय किलोमिटर मात्र रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ०७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील