हेटौँडामा दुई अर्ब ३७ करोड रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी « Khabarhub

हेटौँडामा दुई अर्ब ३७ करोड रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।

इञ्जिनियर चौहनले उद्योगले हालसम्मको रू दुई  अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’ को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उनले भने, “त्यस बेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।”

उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो । “कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ”, इञ्जिनियर चौहनले भने, “पाँच जनाबाट रू एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।”

उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ । प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए ।

विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ५२ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६