विद्युतीकरणले खानीखोला गाउँका चौध हजार बढी लाभान्वित « Khabarhub

विद्युतीकरणले खानीखोला गाउँका चौध हजार बढी लाभान्वित


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाको डाँडापरिस्थित विकट खानीखोला गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । विद्युत् प्रसारण लाइनले जोड्न बाँकी जिल्लाकै दूरदराजमा रहेको उक्त गाउँमा सोमबारदेखि विद्युत् जोडिएको हो ।

केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाइने भएपछि यसअघि लघुजलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायले पिलपिले उज्यालोमा बस्न बाध्य स्थानीयवासीको मुहारमा उज्यालो छाएको छ । दुर्गमको पीडासँगै दैनिक गुजारा चलाउन दुई तीन दिन पैदल हिँडेर जिल्ला सदरमुकाम धुलिखेलका साथै बनेपा वा पनौती बजारसम्म जानुपर्ने बाध्यता र अर्कोतिर विद्युतीकरणको अभावमा जीवन जिउन बाध्य यहाँका बासिन्दाका लागि केन्द्रीय विद्युत प्रसारण लाइन पुग्नु खुसीको कुरा भएको स्थानीयवासी मंगरसिं तामाङले बताए ।

“बिजुली त्यही सहर बजारमा मात्रै भएको र गाउँमा कहिल्यै बिजुली आउँदैनजस्तो हामीलाई लागेको थियो,” उनले भने, “ताल्ढुङ्गामा बत्ती बालेको खबरले धेरै खुसी थपेको छ । विस्तारै गाउँतिर पनि तार तानिसकिकाले अब केही दिनमा गाउँ नै उज्यालो भएको देख्न पाइने भएको छ ।”

अर्का स्थानीय बासिन्दा आइते लामाले गाउँकै विकास गर्छु भन्ने जनप्रतिनिधिले समस्याको चाङसँगै जुधेर विकट ठाउँलाई पनि उज्यालो गराउन सफल हुनु खुसीको कुरा भएको बताए ।

वडा नं ५ का वडाध्यक्ष वुद्धीबहादुर स्याङ्तानले पहिलो चरणमा गाउँपालिकाको केन्द्रमा बिजुली बाल्ने योजनाअनुरुप पालिका, वडा कार्यालय, प्रहरी चौकी र विद्यालयमा बत्ती बाल्न सफल भइएको र अब नागरिकका घर घरमा पनि बत्ती बाल्ने काममा लागिरहेको बताए । उनका अनुसार अहिले मिटरबक्स खरिदका लागि वडावडामा फारम सङ्कलन भइरहेको र वडा कार्यालयले छिटो मिटर बक्स जडानका लागि सूचना जारी गरिसकिएको छ ।

पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले केन्द्रीय विद्युतको लाइन सेपा पुगेपछि अब गाउँमै उद्योग खोल्ने तथा स्थानीयस्तरमा नै रोजगारीको वातावरण सिर्जना हुने भएको बताए ।

“अब बल्ल खानीखोलामा केन्द्रीय विद्युत् प्रसारण लाइन ल्याउन सफल भएका छौँ, यो सुरुवात हो ।” उनले भने, “यसै महिनादेखि वर्षदिन भित्र सबै वडाका प्रत्येक घरघरमा बत्ती पुग्ने गरी पालिकाले रफ्तारमा काम गरिरहेको छ । ”

अध्यक्ष थिङले केही फारम भर्न छुटेका र बत्ती बल्न तयारी अवस्थामा रहेका वडाका घरमा मिटर बक्स जडानका लागि सूचनासमेत गरिएको बताए। त्यसका लागि वडा कार्यालमया सम्पर्क गरेर छिटो भन्दो छिटो फारमभरी मिटर बक्स जडानको लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

पालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले प्रसारण लाइनसँगै पालिकाले खानेपानी, सडक यातायातको सुविधा र उत्पादित वस्तुको बजारीकराणका साथै विकासका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिहेको उनको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकारण काभ्रे वितरण केन्द्रका प्रमुख ध्रुवराज कार्कीले लगनखेल वितरण केन्द्रअन्तर्गत रही हुचीटारबाट ११ केभिको प्रसारण लाइन विस्तार गरी खानीखोलामा बिजुली पु¥याइएको बताए । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्चीकरण सेवा इकाइ प्रमुख खगेन्द्र खुलालका अनुसार विद्युतको पहुँच सबै वडामा पुग्दा गाउँपालिकाका दुई हजार तीन सय ९८ घरधुरीका १४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : २९ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको