सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा « Khabarhub

सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताएका छन् । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहमति र सहकार्यको विकल्प नरहेको बताए ।

जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट सञ्चालन गर्न प्रतिपक्ष दलका नेतालाई आग्रह पनि गरे ।

सरकारले हालै विश्वासको मत लिने प्रक्रियालाई लिएर विपक्षी दल नेकपा (एमाले) सर्वोच्च अदालत पुगेको भन्ने विषयमा गरिएको प्रश्नमा उनले भने, ‘सर्वोच्च अदालतको जे फैसला आउँछ त्यसलाई शिरोधार्य गर्ने छु ।’

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेट पास गराउन आफू सकारात्मक रहेको र यसका लागि प्रमुख प्रतिपक्ष दलको भूमिका पनि सकारात्मक हुनुपर्ने भन्दै मुख्यमन्त्री थापाले बजेट पास गराउने समय अझै पनि रहेकाले यसमा प्रतिपक्ष दलहरू गम्भीर हुनुपर्ने प्रतिक्रिया दिए। 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : ५९ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको