'एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ' | Khabarhub Khabarhub

‘एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ’


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध गर्‍यो भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गरे ।

‘प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ । हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो । अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो । संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।’

सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिए। उनले विधेयक प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई अनुरोध गरे ।

एमाले सचिव भट्टराईले काठमाडौँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौँ सङ्ख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

एमालेले राज्यका कुनै पनि निकायप्रति अविश्वास गर्दैन भन्दै उनले तर घटनामा जोडिएका ठूला दोषी व्यक्तिलाई पक्राउ गर्न नसकिएकोप्रति एमालेलाई शंका लागेर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको स्पष्ट पारे ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : ३१ बजे

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको