‘एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ’ « Khabarhub

‘एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ’


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध गर्‍यो भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गरे ।

‘प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ । हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो । अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो । संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।’

सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिए। उनले विधेयक प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई अनुरोध गरे ।

एमाले सचिव भट्टराईले काठमाडौँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौँ सङ्ख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

एमालेले राज्यका कुनै पनि निकायप्रति अविश्वास गर्दैन भन्दै उनले तर घटनामा जोडिएका ठूला दोषी व्यक्तिलाई पक्राउ गर्न नसकिएकोप्रति एमालेलाई शंका लागेर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको स्पष्ट पारे ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : ३१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको