भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण « Khabarhub

भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न सबैलाई बधाई दिएका छन् ।

इसरोले चन्द्रमामा यान अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो ।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक चन्द्रमाको दक्षिणी ध्रुवमा पानीमा आधारित बरफको खोजी गर्नु रहेको इसरोले जनाएको छ ।

यसअघि अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरेका थिए । यद्यपि चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै मुलुकको यानले पनि अवतरण गरेका छैनन् ।

सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क