दश हजार घुससहित लहानमा नापीका अमिन पक्राउ « Khabarhub

दश हजार घुससहित लहानमा नापीका अमिन पक्राउ


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव रु दश हजार घुस रकमसहित आज दिउँसो पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई उक्त घुस रकमसहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले छापा मारी निज यादवले सेवाग्राहीबाट रु दश हजार लिइसकेको अवस्थामा उनलार्ई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले एक विज्ञप्ति जारी गरी प्रष्ट पारेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । केही समयअघि पनि अख्तियारले सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृतलाई रु एक लाख घुससहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : १२ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका