रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु « Khabarhub

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको छ ।

रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ ।

कीएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो । उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए ।

युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भने, “रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

मन्त्री क्लाइमेन्कोका अनुसार विद्यालयमा काम गर्ने चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । उनले भग्नावशेषले ढाकिएको भवनको फोटो पोस्ट गरेका छन् । तस्वीरमा एक दर्जन उद्धारकर्ताहरूले घटनास्थल सफा गरेका देख्न सकिन्छ ।

क्लाइमेन्कोले भने, “फोटोमा, विद्यालयको भग्नावशेषको बीचमा सुरक्षाका लागि विश्रामगृह रहेको एउटा प्रवेशद्वार पनि देखिएको छ । भाग्यबस, आक्रमणको चेतावनीको साइरन बझ्न थालेपछि मानिसहरू त्यहाँ नगएर अन्यत्र भागेकोले थप क्षति हुनबाट जोगिएको छ ।”

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका