अवैध लागूऔषधसहित १४ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित १४ जना पक्राउ


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका–५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् । बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरमा बुझाइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका(३२ स्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित काठमाडौं जडिबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका(२ घर भएका २६ वर्षीय धिरज लामासहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ टंकपसरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही उपमहानगरपालिका–१५ जमुनाह बस्ने २० वर्षीय ओसिम साईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–४ नयाँ बिजुली अफिस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम र २ थान मोबाइलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २८ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय बिशाल सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका