सयपत्री फूलबाट बाह्रै महिना आम्दानी « Khabarhub

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

झापा– घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।

यसका कारण सयपत्री फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।

विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् ।

उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ । 

उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्था धेरै आउने गरेका छन् । 

बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उनको भनाइ छ । 

उनले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पुर्‍याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले उत्पादन गर्न सके बजारको समस्या नहुने बताए । उनको बारीमा फुलेको सयपत्री फूलप्रति माला ५० का दरले बिक्री हुने गरेको बताए । सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । 

मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिगाहा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् ।

स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उनको बुझाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : १३ बजे

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि

नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी