धानबालीमा ग्वारोको समस्याले किसान चिन्तित « Khabarhub

धानबालीमा ग्वारोको समस्याले किसान चिन्तित


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको ग्वारो किराको समस्याले धानबालीमा क्षति पुर्‍याइरहेको स्थानीय किसान बताएका छन् ।

ग्वारो किराले आफूहरूको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको धोविनी गाउँपालिका–५ का स्थानीय शिवनाथ यादवले बताए । वर्षाको अभावमा धानबाली सुक्दै गएको बेला धानबालीमा देखिएको ग्वारोको समस्याले आफू थप समस्यामा परेको उनको कथन छ ।

‘ग्वारो किराले धानबालीको पात खाइदिने, उम्रिँदै गएको धानको बोटमा क्षति पुर्‍याइरहेको छ’, जगरनाथपुर गाउँपालिकाका किसान हरिशङ्कर कुर्मीले भने, ‘सुरुमा वर्षा नभएर ठूलो रकम खर्चिएर वैकल्पिक सिँचाइबाट जेनतेन धान रोपाइँ गरे, अहिले आएर ग्वारो किराले बाली नै सखाप गर्न थालेपछि हामी चिन्तामा डुबेका छौँ ।’ धानबालीमा लागेको ग्वारोको रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग उनले आग्रह गरे ।

धानबालीमा ग्वारो किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानको भनाइ छ । खेतमा असन्तुलन, गुणस्तरीय रासायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा ग्वारो किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल कुशवाहाले बताए ।

पुतली जातको ग्वारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको उनको भनाइ छ । खेतमा प्रयोग गरिने रासायनिक मल, डीपीए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको र यसको रोकथाम र नियन्त्रणका लागि सो क्षेत्रमा प्राविधिक खटाइएको प्रमुख कुशवाहाले बताए ।

समयमा वर्षा पर्याप्त नभए पनि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले पर्सामा ९५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको प्रमुख कुशवाहाको भनाइ छ । पर्सा जिल्लामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

यसवर्ष ९५ प्रतिशत अर्थात ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिनुभयो । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : ५५ बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले