रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार « Khabarhub

रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

किभ युक्रेनले रुसको कब्जामा रहेको क्रिमियामा रहेको ब्ल्याक सी नौसेनाको मुख्यालयमा मिसाइल आक्रमण गरेको छ । हालै युक्रेनले क्राइमियाका धेरै लक्ष्यलाई निशाना बनाएर मिसाइल प्रहार गरिरहेको छ।

सो  हमलाको जानकारी दिँदै रुसले मिसाइल आक्रमणपछि एक रुसी सैनिक बेपत्ता भएको बताएको छ । बीबीसीका अनुसार क्रिमियाको सेभास्टोपोल क्षेत्रमा रहेको एउटा भवनमा धुवाँको बादल देखिएको छ ।

युक्रेनी सेनासँग सम्बद्ध स्ट्र्याटकम युक्रेनले नौसेना आधारमा सफलतापूर्वक आक्रमण गरेको बताएको छ । युक्रेनको वायुसेनाका कमाण्डर जनरल माइकोला ओलेश्चुकले टेलिग्राममा भने, ‘हामीले तपाईँलाई त्यहाँ थप आक्रमणहरू हुनेछन् भनेर बतायौँ।’ युक्रेनले अहिले क्रिमिया क्षेत्रमा लगातार आक्रमण गर्ने योजना बनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की आक्रमणको बीचमा क्यानडा भ्रमणमा छन्। त्यहाँ उनले युक्रेनलाई सहयोग गरेकोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ५३ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता