रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार « Khabarhub

रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

किभ युक्रेनले रुसको कब्जामा रहेको क्रिमियामा रहेको ब्ल्याक सी नौसेनाको मुख्यालयमा मिसाइल आक्रमण गरेको छ । हालै युक्रेनले क्राइमियाका धेरै लक्ष्यलाई निशाना बनाएर मिसाइल प्रहार गरिरहेको छ।

सो  हमलाको जानकारी दिँदै रुसले मिसाइल आक्रमणपछि एक रुसी सैनिक बेपत्ता भएको बताएको छ । बीबीसीका अनुसार क्रिमियाको सेभास्टोपोल क्षेत्रमा रहेको एउटा भवनमा धुवाँको बादल देखिएको छ ।

युक्रेनी सेनासँग सम्बद्ध स्ट्र्याटकम युक्रेनले नौसेना आधारमा सफलतापूर्वक आक्रमण गरेको बताएको छ । युक्रेनको वायुसेनाका कमाण्डर जनरल माइकोला ओलेश्चुकले टेलिग्राममा भने, ‘हामीले तपाईँलाई त्यहाँ थप आक्रमणहरू हुनेछन् भनेर बतायौँ।’ युक्रेनले अहिले क्रिमिया क्षेत्रमा लगातार आक्रमण गर्ने योजना बनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की आक्रमणको बीचमा क्यानडा भ्रमणमा छन्। त्यहाँ उनले युक्रेनलाई सहयोग गरेकोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ५३ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण