दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, विकास र सुशासनका लागि सदैव सक्रिय रहन्छु : राष्ट्रपति पौडेल, नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना, एचपीभी खोप अभियान असोज १० गतेसम्म सञ्चालन हुने, तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित,  सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शनलगायतले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

विकास र सुशासनका लागि सदैव सक्रिय रहन्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् । दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए ।

तनहुँको व्यास नगरपालिका–३ बीपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए ।

लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् ।

नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै उनले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताइन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताएका छन् ।

नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताएका छन् । उनले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् ।

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।

स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ ।

काण्ड चलाएर देशको विकास हुन्छ ? : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा दिपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले अहिले विभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् ।

एचपीभी खोप अभियान असोज १० गतेसम्म सञ्चालन हुने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।

विदेशबाट काठ ल्याउन रोक्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताएका छन्। नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनको रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौँका काठ विदेशबाट ल्याइएको बताए ।

जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् ।

सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको वातावरण नबनाएको समेत आरोप लगाएका छन् ।

तत्काल अर्को पार्टीसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु
तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार दिउँसो साढे २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ बेलटाकुरास्थित भगवती टोल बस्ने करिब ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा करिब ४२र४३ वर्षीया रिता हमालको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

क्यानको अध्यक्षमा चन्द पुनः निर्वाचित
नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा चन्द पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित
नेपाल क्रिकेट सङ्घ क्यानको सचिव पदमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान खड्का सचिव पदमा निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए ।

सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन
सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

एचपीभी खोप अभियान असोज १० गतेसम्म सञ्चालन हुने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ०० बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी