सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल « Khabarhub

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् ।

नेपाल तामाङ सङ्घ (समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए ।

मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यस्तो कार्यविरूद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रुपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

देशको हरेक परिवर्तन सफल पार्न सो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण अपेक्षाकृतरूपमा हुन नसकेकाले अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले सबै समुदायका धर्म, संस्कृति संरक्षण तथा अधिकार स्थापित गरी सदियौँदेखि कायम रहिआएको धार्मिक सहिष्णुतालाई जोगाउन प्रत्येक नेपालीको दायित्व रहेको उल्लेख गरे ।

मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन कायम हुने विश्वास व्यक्त गर्दै अबको क्रान्ति समाजवादसहितको आर्थिक उत्पादनमा हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : १२ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति