नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना  « Khabarhub

नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना 


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँनवरात्रदुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । 

सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो । नवरात्रका आठ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी देवीको पूजा आराधना गरेपछि आज नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यी देवीबाट सबै प्रकारका सिद्धि पाइने धार्मिक विश्वास छ । 

मुक्त हुन चाहनेहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार  विजयादशमी परेको छ । 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ३ : ०१ बजे

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा

दोहा – शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी

एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा

काठमाडौं – दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७

आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्न सांसदहरू प्रतिबद्ध

काठमाडौं– विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार