इच्छाकामनामा श्रमदानबाट पुल निर्माण « Khabarhub

इच्छाकामनामा श्रमदानबाट पुल निर्माण


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका-७ को गर्दासस्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो । 

पुल निर्माणका लागि ३० प्रतिशत श्रमदानको काम गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा सहभागी भएको उनले जानकारी दिए । 

‘तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गरेका छौँ’, उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।’ उनले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिए। पुल निर्माण भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ । 

‘पलिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ’, अध्यक्ष गुरुङले भने, ‘यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ । जनसहभागिताका लागि नागरिक उत्साहित छन् ।’ उनले पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरेको बताए । 

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गरेर स्याङ्दी खोलमा पुल निर्माण गरिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिए । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उनले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गरेको बताए। उनले पुल निर्माणपछि गर्दासस्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिए । 

पुल नहुँदा हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ३ : २४ बजे

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको