जाजरकोटबाट प्रदीप पौडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

जाजरकोटबाट प्रदीप पौडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा अस्थायी आवास निर्माणका लागि खटाएको छ। 

पौडेल नेतृत्वको प्राविधिकसहितको टोलीले काम पनि गरिरहेको छ। प्रदीपले पछिल्लो हप्ता जाजरकोट बसाइ हुँदा त्यहाँका स्थानीयले भोगेको व्यवथाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

जाजरकोटबाट पौडेलले अपिल गर्दै भनेका छन्, ‘हामी जाजरकोटमा छौं। यहाँको अवस्था अत्यन्तै नाजुक छ। अधिकांश घर क्षतविक्षत छन्। चिसो बढ्दै गएको छ। बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ। धेरै जसो परिवारसँग न्यानो लत्ता कपडासमेत छैन।’

पौडेलले तत्काल अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसके पुसको ठण्डीमा जनताले ज्यान जोगाउन नसक्ने अवस्था भएको पनि बताएका छन्। उनले आवास निर्माणका लागि सरकारले तत्काल दिने भनेको ५० हजार रुपैयाँ जनताले नपाएको गुनासो पनि प्रधानमन्त्रीलाई गरेका छन्।

‘यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन,’ उनले भने, ‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। घोषणा गरेको सहयोग रकम अझैसम्म पनि भूकम्पपीडित जनताको हातमा पर्न सकेको छैन। यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ।’

उनले काठमाडौँमा आज हुने युवा संघ र दुर्गा प्रसाईँको आन्दोलनबारे सरकारलाई तयारी गर्न भ्याइ नभ्याइ भएको होला भन्दै व्यंग्य पनि गरेका छन्। ‘एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ,’ उनले थप भनेका छन्, ‘मंसिर ७ को चटारोले सरकारलाई भ्याइनभ्याइ नै होला। थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गर्दछु।’

 यसैबीच उनलेउनले भूकम्पपीडित जनताको विषयलाई प्राथमिकतामा राखेर गम्भीरतापूर्वक आवश्यक कदम चाल्न पनि सरकारलाई सचेत गराएका छन्।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : १५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई