नेप्से परिसूचकमा ९.८७ अंकको वृद्धि « Khabarhub

नेप्से परिसूचकमा ९.८७ अंकको वृद्धि


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अंकले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अंकले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १३ करोड १० लाख ७६ हजार एक सय पाँच बुराबरको कारोबार भयो । यस्तै, सोनापुर मिनरल्स रु नौ करोड ५८ लाख एक सय ६९,सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड रु पाँच करोड ४१ लख ९८ हजार एक सय ८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड २१ लख २७ हजार सात सय १४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै नवील बैंक आठ दशमलव २०, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ४ : २१ बजे

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

एजेन्सी– उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि