नेपालगन्ज म्याराथनको तयारी पुरा | Khabarhub Khabarhub

नेपालगन्ज म्याराथनको तयारी पुरा


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्डस्का संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनसँगै मंसिर ८ गते मेघा बहसकारुपमा संचालन हुने नेपालगन्ज कनक्लेभको तयारी पनि पुरा भएको बताएका छन् । कनक्लेभमा आर्थिक, साहित्य, आधाआकाश, खेल सहितको बिभिन्न विषयमा बहस हुने बताइएको छ ।

यस वर्ष म्याराथनमा पुरस्कार राशि वृद्धि गरिनुका साथै रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने अध्यक्ष ठकुरीले बताएका छन् । ठकुरीका अनुसार उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।

नेपालगन्ज म्याराथनमा एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ३४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं