जीपी सभागृह तत्काल सम्पन्न गर्न नेता सिटौलाको आग्रह « Khabarhub

जीपी सभागृह तत्काल सम्पन्न गर्न नेता सिटौलाको आग्रह


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी स्मृति सभागृह) पूरा नभएपछि  बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गरेका छन्।

सभागृहको काम अघि बढाउन तथा त्यसलाई पूरा गर्न भद्रपुर नगरपालिका र जिल्ला समन्वय समितिलाई उनले आग्रहसमेत गरेका हुन् । मेची रङ्गशालामा आजदेखि सुरु भएको ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ प्रतियोगिताको उद्घाटन कार्यक्रममा  नेता सिटौलाले त्यस्तो आग्रह गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह आठ वर्ष बित्दा पनि अधुरै छ । 

मेची रङ्गशालाको स्तरोन्नतिमा आफू प्रतिबद्ध रहेको बताउँदै नेता सिटौलाले सक्दो सहयोग गर्ने र खेल क्षेत्रको श्रीवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । 

प्रतियोगितामा आयोजकसहित १५ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भद्रपुर झापा गोल्डकप समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ७ : १५ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत