गाजामा युद्धविराम, शुक्रबारबाट बन्धक रिहाइ हुने « Khabarhub

गाजामा युद्धविराम, शुक्रबारबाट बन्धक रिहाइ हुने


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजा युद्धविराम र बन्धक रिहाई शुक्रबार बिहान शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘युद्धविराम शुक्रबार बिहान ७ः०० बजेदेखि शुरु हुनेछ…र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४ः०० बजेसम्म सुम्पिइनेछ,’ प्रवक्ता माजेद अल-अन्सारीले उल्लेख गरेका छन् ।

शुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ।

गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ ।

इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन्।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १० : ३३ बजे

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा

यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?

काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा

आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार