दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण « Khabarhub

दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तेल अबिब– दुई तिहाइ इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एक सर्वेक्षणले देखाएको छ । इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा रहेका छन् ।

लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन् भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित भएको बताएका छन् ।

सो सर्वेक्षणमा ४ दशमलव ३ प्रतिशतको अनुमानित त्रुटि रहेको जनाए पनि सो मिडियाले ५०२ इजरायलीहरूको अनियमित नमूनामा गरिएको सर्वेक्षणमा भाग लिएको जनाएको छ ।

उनीहरूले सो सर्वेक्षणको क्रममा ७३ प्रतिशत इजरायलीले सम्झौता भइसके पछि मात्र युद्धविराममा सहमति जनाएका छन् भने ११ प्रतिशतले मात्रै वार्ताका क्रममा युद्धविराम गर्न सहमत देखाएका छन् ।

यस्तै, ६७ प्रतिशत इजरायलीहरूले बन्धकहरूको दैनिक रिहाइको बदलामा हालको युद्धविराम ढाँचालाई जारी राख्नु पर्ने पक्षमा देखिएका छन् भने २२ प्रतिशत विपक्षमा उभिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ५७ बजे

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत