दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण « Khabarhub

दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तेल अबिब– दुई तिहाइ इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एक सर्वेक्षणले देखाएको छ । इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा रहेका छन् ।

लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन् भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित भएको बताएका छन् ।

सो सर्वेक्षणमा ४ दशमलव ३ प्रतिशतको अनुमानित त्रुटि रहेको जनाए पनि सो मिडियाले ५०२ इजरायलीहरूको अनियमित नमूनामा गरिएको सर्वेक्षणमा भाग लिएको जनाएको छ ।

उनीहरूले सो सर्वेक्षणको क्रममा ७३ प्रतिशत इजरायलीले सम्झौता भइसके पछि मात्र युद्धविराममा सहमति जनाएका छन् भने ११ प्रतिशतले मात्रै वार्ताका क्रममा युद्धविराम गर्न सहमत देखाएका छन् ।

यस्तै, ६७ प्रतिशत इजरायलीहरूले बन्धकहरूको दैनिक रिहाइको बदलामा हालको युद्धविराम ढाँचालाई जारी राख्नु पर्ने पक्षमा देखिएका छन् भने २२ प्रतिशत विपक्षमा उभिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ५७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस