साहित्य : अफ्रिकी लेखक अचेबेबाट नेपालीले के सिक्ने ? | Khabarhub Khabarhub

साहित्य : अफ्रिकी लेखक अचेबेबाट नेपालीले के सिक्ने ?



‘इमान्दारिताको सच्चा परीक्षण भनेको सम्झौता इन्कार गर्नु हो । म को हुँ भनेर मलाई कसैले सिकाउन सक्दैन । तपाई मेरा विभिन्न आयामहरु वर्णन गर्न सक्नुहुन्छ, तर म को हुँ र मलाई के चाहिन्छ, त्यो म आफैंले पत्ता लगाउनुपर्छ । संसार ठूलो छ, यसका समस्या धेरै छन् र विविध छन् । संसारका मानिसहरु सधैं देखिएका जस्ता हुँदैनन् । सबैभन्दा महत्वपूर्ण कुरा तपाईले सकेसम्म धेरै पढ्नु हो । यसले तपाईलाई राम्रो लेख्न सक्ने बनाउँछ र यसले तपाईको शब्दावलीलाई बृहद बनाउँछ ।’

माथिका भनाइ अफ्रिकी साहित्यकार चिनुवा अचेबेका हुन् । नाइजेरियन उपन्यासकार, कवि तथा समालोचक चिनुवा अचेबे आधुनिक अफ्रिकन साहित्यका केन्द्रीय पात्रका रुपमा परिचित छन् ।

अफ्रिकी साहित्यकारहरुले विशेष गरेर सम्बोधन गर्ने विषय औपनिवेशिकता र समुदायको मनोसामाजिक परिस्थिति नै पर्दछन् ।

दास प्रथादेखि लिएर रंगभेदको चपेटामा परेका अफ्रिकी समुदायमध्येबाट उठेका लेखक, साहित्यकारले आफूलाई सचेत र जागरुक बनाउने क्रममा कसरी पुस्तकको माध्यमबाट पनि एक समुदायबाट अर्को समुदायलाई हेर्ने दृष्टिकोण नै बदलिएका छन् भन्ने तथ्यलाई पनि नियालिरहेका हुने रहेछन् ।

हामीले आफ्नो समुदायलाई साहित्य, कलाकै माध्यमबाट सचेत बनाउनुपर्छ भन्ने कुरा पनि चिनुवा अचेबेको लेखनबाट आँकलन गर्न सकिन्छ ।

औपनिवेशिकतामा नपरेको तर पनि विभिन्न कालखण्डमा विभिन्न खालका द्वन्द्वबाट गुज्रिएको र अनेक विभिन्नतायुक्त संस्कृति बोकेको नेपालले पनि आफ्नो कला, साहित्य र सभ्यताबारे जानकारी राख्दै सबै समुदायको पहिचान खुलस्त हुने वातावरण पाउनुपर्ने रहेछ भन्ने पनि चिनुवा अचेबेबाट सिक्न सकिन्छ । साथै आफ्नो संस्कृतिभित्र अन्य के–के मिसिँदै, नासिँदै गए त भन्ने भेउ पाउन अन्य संस्कृति र साहित्यको पनि अध्ययन गर्नुपर्ने रहेछ ।

अब अचेबेका विषयमा चर्चा गरौं ।

अचेबेको पहिलो उपन्यास थिंग्स फल अ पार्ट (१९५८) सबैभन्दा चर्चित मानिन्छ । यो आधुनिक अफ्रिकी साहित्यमा सबैभन्दा व्यापक रुपमा पढिने पुस्तक हो । सन् २००७ मा उनले अन्तरर्राष्ट्रिय बुकर पुरस्कार जितेका थिए ।

दक्षिण पूर्वी नाइजेरियाको ओगिडीको इग्वो शहरमा अचेबेको जन्म सन् १९३० मा भएको हो । उनले विद्यालयमा उत्कृष्ट प्रदर्शन गरेर चिकित्सा अध्ययनका लागि छात्रवृत्ति पाए । तर, युनिभर्सिटीमा आफ्नो अध्ययनलाई अंग्रेजी साहित्यमा बदले ।

अचेबे विश्व धर्म तथा पारम्परिक अफ्रिकी संस्कृतितिर मोहित भए । विश्व विद्यालयमा रहँदा उनले कथा लेख्न शुरु गरे । स्नातकोत्तरसम्मको अध्ययन पश्चात उनले नाइजेरियन ब्रोडकास्टिङ सर्भिसका लागि काम गरे । छिटै नै उनी फेरि लागोस महानगरमा गए ।

सन् १९५० को दशकको उत्तरार्धमा उनले आफ्नो उपन्यास ‘थिंग्स फल अपार्ट’ बाट पाठकको ध्यान आफूतिर आकर्षित गरे । अचेबेले आफ्नो उपन्यास अंग्रेजीमा लेखे र अफ्रिकी साहित्यमा अंग्रेजीलाई एक उपनिवेशवादीका भाषाको उपयोग गरे ।

जोसेफ कानराड (१८५७—१९२४) जस्ता बृटिस लेखकद्वारा लेखिएका अफ्रिकी किताबबाट अचेबे खुसी थिएनन् । उनलाई लाग्यो कि अफ्रिकी मानिसका वर्णन गलत र अपमानजनक छन् ।

नाइजेरियाली ब्रोडकास्टिङ कर्पोरेशनका लागि काम गर्दागर्दै उनले आफ्नो पहिलो उपन्यास ‘थिंग्स फल अपार्ट’ पुस्तक ( १९५९) मा एक पारम्परिक योद्धा नायकको कथा बनाए । जो बृटिस शासनको शुरुआती दिनमा बदलिँदो परिस्थितिको अनुकूल थिएन । यस पुस्तकले तत्काल अन्तरर्राष्ट्रिय मान्यता प्राप्त गर्‍यो । साथै, बियी बान्डेलेद्वारा एक नाटकको आधार पनि बन्यो ।

वर्षौंपछि सन् १९९७ मा नाइजेरियाको परफरमेन्स स्टुडियो वर्कसपले नाटकका निर्माणमा काम गर्‍यो, जसलाई संयुक्त राज्य अमेरिकामा सन् १९९९ मा केनेडी सेन्टरको अफ्रिकी ओडिसी श्रृंखलाको हिस्साका रुपमा प्रस्तुत गरिएको थियो ।

अचेबेका अघिल्ला दुई उपन्यास, ‘नो लङ्गर फर सेज (१९६०) र एरो अफ गड (१९६४) पहिल्यै तय भएका थिए । ओडिनानी अफ्रिकाको प्राचीन सांस्कृतिक अभ्यास थियो । दक्षिणपूर्वी अफ्रिकाको इग्बो, जसलाई इग्बो भाषा तथा इग्बो धर्मका नामले पनि चिनिन्छ । तर बृटिस उपनिशेषसँगै इग्बो संस्कृतिमा आएको बदलावलाई नै अचेबेले आफ्ना धेरै सिर्जनामा व्यक्त गरेका छन् ।

धर्मान्तरणको क्रम चलिरहेकै सिलसिलामा अचेबे परिवारका पाँच जना छोराछोरीको नामाकरण पनि नयाँ अपनाइएको धर्मसँग जोडिएर आएको थियो ।

चिनुवा अचेबेका धेरै सिर्जजनामध्ये संस्कृति र औपनिवेशिकता, पुरुषत्व र स्त्रीत्व अनि राजनीति र इतिहासका विषयवस्तुमा आधारित छन् । उनको विरासतका रुपमा नाइजेरियामा चिनुवा अचेबे साहित्य महोत्सव वार्षिक रुपमा मनाउने गरिन्छ ।

थिंग्स फल्स अ पार्ट उपन्यासमा आफ्नो मातृभूमिमा मिसनरी तथा औपनिवेशिक सरकारको आगमनको समयमा पारम्परिक ‘इग्बो जीवन’ को चिन्ता गरिएको छ । उनको प्रमुख चरित्र नयाँ आदेशलाई स्थानीय संस्कृतिले स्वीकार गर्न सक्दैन भन्ने हो । परम्परागत संस्कृति र ईसाई धर्मको प्रभाव चिनुवामा परेको थियो ।

कथा सुनाउने परम्परा इग्बो समुदायको मुख्य संस्कृतिका रुपमा हस्तान्तरण हुँदै आएको थियो । अचेबेकी आमा र उनकी दिदी जिनोबियाले उनलाई बाल्यकालमा धेरै कथाहरु सुनाए ।

उनको शिक्षा उनका बुबाले घरका भित्तामा झुन्ड्याइएका कोलाजहरु, साथसाथै दराजमा राखिएका पुस्तकहरुद्वारा अघि बढाइएको थियो । अचेबेले गाउँका परम्परागत संस्कृति, पर्वहरुलाई आफ्ना कथामा समावेश गरेका छन् ।

अचेबेले सन् १९६० मा ‘नो लङ्गर एट इज’ उपन्यास ल्याए । यसमा एक इग्बो मानिसको कथा छ ‘ओबी आकोनोबो’ नामक पात्र, जसले बृटिस शिक्षा लिन्छ, आफ्नो गाउँ छोड्छ अनि उ बृटिस कोलोनीमा काम गर्न थाल्छ । जसमा अफ्रिकन संस्कृति र पश्चिमी जीवनशैलीका बीच द्वन्द्व हुन्छ ।

‘अ मेन अफ द पिपुल’ सन् १९६६ मा लेखिएको व्यंगात्मक पुस्तक हो । यसमा पात्र ‘ओडिली’ ले भनेका कथालाई पछ्याइएको छ । यस कथामा ओडिलीको आफ्ना पूर्वशिक्षक तथा जादुई राजनीतिज्ञ नाङ्गासँगको द्वन्द्वबारे उल्लेख छ । नाङ्गा, जो राजनीतिमा करियर खोजेर प्रवेश गर्छन् ।

नाङ्गा पश्चिमी अफ्रिकाको परम्परागत पोशाकमा राजनीतिमा आफ्नो प्रतिनिधित्व गर्छन् । ओडिलीले नाङ्गालाई राजनीतिमा समर्थन गर्छन् । यस उपन्यासमा औपनिवेशिक अफ्रिकी राजनीति र नयाँ स्वतन्त्र राष्ट्रहरुले सामना गर्ने सामाजिक चुनौतीहरुको कडा आलोचना गरिएको छ ।

ओडिली राजनीतिमा बढी संलग्न हुन थालेपछि उनले चाँडै नै महसुस गरे कि प्रमुख नाङ्गा र उनका सहयोगीहरु गहिरो रुपमा भ्रष्ट छन् । उनीहरुले सेवा गर्नुपर्ने जनताको खर्चमा व्यक्तिगत लाभका लागि आफ्नो पदको दुरुपयोग गर्छन् । अचेबेले यस उपन्यासमा विशेष गरेर औपनिवेशिक, नवऔपनिवेशिक तथा अर्धऔपनिवेशिक राजनीति र समाजको चित्रण गरेका छन् ।

व्यक्तिगत जीवन

अचेबे र कृष्टिले १० सेप्टेम्बर १९६१ मा विवाह गरे । उनीहरुका तीन सन्तान जन्मिए । जब सन्तान विद्यालय जान थाले, अचेबे दम्पतिलाई आफ्ना सन्तान रंगभेदी विभेदमा पर्ने हुन् कि भन्ने चिन्ताले सताउन थाल्यो । त्यतिबेला गोरा शिक्षकहरुको बाहुल्य थियो ।

अफ्रिकाप्रतिको पूर्वाग्रही दृष्टिकोण भएका पुस्तकहरुका कारण उनीहरु चिन्तित बने । सन् १९६६ मा अचेबेले पहिलो बाल पुस्तक ‘चिक र नदी’ जुन पुस्तकले उनीहरुका चिन्तालाई सम्बोधन गर्दथ्यो । उपन्यासमा ‘चिक’ नाम गरेको बालक नाइजर नदी तर्न खोज्छ र अनेकौं चुनौतीहरुको सामना गर्दछ ।

चिनुवा अचेबेले आफ्नो लेखन करियरको दौरान कयौं पुरस्कार जिते । जसमा मेन बुकर इन्टरनेशनल पुरस्कार २००७ बाट उनी सम्मानित भए । यसका अलावा संसारका ३० भन्दा बढी विश्व विद्यालयबाट मानार्थ उपाधि प्राप्त गरे ।

चिनुवा अचेबेको २१ मार्च सन् २०१३ मा बोस्टन, म्यासाच्युसेच्टसमा ८२ वर्षको उमेरमा निधन भयो ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ५० बजे

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित रत्नराज्य बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको