ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै « Khabarhub

ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर संकलन गर्ने भएको  छ । घर र जग्गा प्रयोग गरेबापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो ।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्यांकन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो ।

नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैटौँ बैठकले १२ औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्वतर्फ रहेका तीनवटा पक्की घर सम्बन्धित घरधनी आफैँले हटाउने भएका छन् । केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए।

त्यहाँ तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर-१८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तीको गरी तीनवटा पक्की छन् । उनीहरूले नै घर आफैँ भत्काउने गरी तयारी गरेको इञ्जीनियर योगीले बताए। ‘टेकराम खड्काको घर आफैँ भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्’, उनले भने, ‘अरु दुईवटा घर पनि आफैँ भत्काउने गरी अन्त घर हाल्न लागेको कुरा गरेका छन् , छिट्टै उनीहरूले आफैँ जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।’ उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने गरी प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच कित्ता छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५(ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५ (ख)कै  ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ । 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २७ बजे

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ