ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै « Khabarhub

ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर संकलन गर्ने भएको  छ । घर र जग्गा प्रयोग गरेबापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो ।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्यांकन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो ।

नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैटौँ बैठकले १२ औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्वतर्फ रहेका तीनवटा पक्की घर सम्बन्धित घरधनी आफैँले हटाउने भएका छन् । केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए।

त्यहाँ तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर-१८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तीको गरी तीनवटा पक्की छन् । उनीहरूले नै घर आफैँ भत्काउने गरी तयारी गरेको इञ्जीनियर योगीले बताए। ‘टेकराम खड्काको घर आफैँ भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्’, उनले भने, ‘अरु दुईवटा घर पनि आफैँ भत्काउने गरी अन्त घर हाल्न लागेको कुरा गरेका छन् , छिट्टै उनीहरूले आफैँ जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।’ उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने गरी प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच कित्ता छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५(ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५ (ख)कै  ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ । 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २७ बजे

लुम्बिनीको तेस्रो विकेट लिन सुदूरपश्चिम संघर्षरत दुवै ओपरन आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

माइतीघरमा नारा : जेन-जीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको माइतीघरमा जेन-जीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

श्रीलंकामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

एजेन्सी– श्रीलंकामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१

सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले दिगो, सक्षम र सबैसमावेशी सामाजिक सुरक्षा

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौं– नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको १४औँ साधारणसभाले  व्यवसायी