बाजुरा केन्द्रबिन्दु भएर भूकम्प : बझाङमा दर्जन बढी घरमा क्षति « Khabarhub

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प : बझाङमा दर्जन बढी घरमा क्षति


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।  

भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरू भत्किएका छन् । तर, क्षतिको यकिन विवरण भने आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ ।

केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन् । भुकम्पबाट मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले केही स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ । सुदूरपश्चिममा सोमबार रातिदेखि बर्षासँगै पहाडी जिल्लामा हिमपातसमेत भएको छ ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ५ : १४ बजे

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा