रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात « Khabarhub

रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका-१ र सिस्ने गाउँपालिका-१ वडामा अहिले हिमपात भइरहेको छ । 

विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो । 

हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ५ : २८ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको