संवैधानिक प्रावधान अनुसार राष्ट्रपति पद आलंकारिक हुन्छ। विगतको व्यवहारले भने त्यो देखाएको छैन। यो पदलाई कार्यकारी बनाउने खालका अभ्यास भइराखेका छन्। अहिलेसम्म तीन कार्यकालमा दुई व्यक्ति राष्ट्रपति बनिसकेका छन्। अहिले चौंथो राष्ट्रपतिका निम्ति मनोनयन हुँदैछ। नयाँ राष्ट्रपति निमित्त निर्वाचन नजिकिएपछि यसमाथि बहस चर्किरहेको छ। देशलाई कार्यकारी राष्ट्रपति चाहिएको हो तथा आलंकारिक ? संविधानमा आलंकारिक राष्ट्रपति बनाएर व्यवहारमा कार्यकारी बनाउनु पर्ने कारण के हो ? अब राष्ट्रपति कस्तो व्यक्ति हुनुपर्छ ? यी र यस्तै विषयमा आधारित रहेर नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता कुमार शर्मा आर्चायसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंशः
नेपालको संविधानले आलंकारिक र संवैधानिक राष्ट्रपति भनेको कुरालाई किन अहिले गलत व्याख्या गरिन्छ ?
नेपालको राष्ट्रपति पद राजनीतिक भाषामा आलंकारिक हो। कानुनी भाषामा भन्ने हो भने संवैधानिक पद हो। यो जे भने पनि एकै भाषा हो। आम मानिस र राजनीतिक दलको बुझाइ मात्र फरक देखिन्छ। संविधानले तोकेको अधिकार प्रयोग गर्नेगरी कार्यान्वयन हुने राष्ट्रपतिको पद हो। त्यो अभिभावक बनेर पुरा गर्नु पर्छ। राष्ट्रपतिले दायित्वको ख्याल गर्नु जरुरी रहेको छ। संविधानमा राष्ट्रपतिसँग अधिकार नै छैन दायित्व रहेको छ।
राष्ट्रपतिले निर्वाह गर्नुपर्ने संवैधानिक कानुन तथा संविधानको अधिकारसँगको दायित्व हो वा नैतिकताको आधारको दायित्व हो ?
राष्ट«पतिसँग अधिकार छैन तर दायित्व छ । संविधान संरक्षण गर्ने, मन्त्रिपरिषद् सिफारिस गर्ने जस्ता अन्य कार्य संविधान भित्र रहेर गर्ने हो। राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादव प्रवृत्तिको व्याक्ति होइन। त्यसको स्थानमा नयाँ विचार धारा, नयाँ सोच विचार, भएको व्यक्ति हुनुपर्छ। देशको चौंथो राष्ट्रपति जनताले सोचे जस्तो ल्याउन सक्ने हाम्रो कर्तव्य हो। यो देश संविधानले नै चल्नुपर्छ र चलाउन सक्नुपर्छ।
संविधानको मर्यादा भित्र रहनका निमित्त संविधान परिमार्जनको आवश्यकता रहेको हो ?
राष्ट्रपति बनाउने प्रक्रियामा रहेका छौं। मुलुकलाई कस्तो राष्ट्रपति चाहिन्छ भन्ने एउटा कुरा हो। कस्तो राष्ट्रपति मुलुकलाई चाहिन्छ होइन संविधानले कस्तो राष्ट्रपति परिकल्पना गरेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। दलिय राजनीति भन्दा माथि जानुपर्छ। त्यो कानुनको कर्तव्य हो। राष्ट्रको गरिमा बचाउने राष्ट्रपति चाहिएको हो। त्यसले देशको विकाशमा सहयोग मिल्छ जस्तो लाग्छ। राष्ट्र भन्दा बाहिरको शक्तिलाई चलाउन सक्नु एक सकारात्मक पक्ष रहेको छ। पावरमा केन्द्रित रहेर त्यसको परिपालना गर्ने कार्यमा निहित रहनु पर्छ। जनताले रगत पसिना बगाएर ल्याएको परिवर्तनमाथि मन लाग्दी गर्ने अधिकार कसैलाई छैन। दलीय स्वार्थ बिर्सिएर देश र जनताका लागि काम गर्ने राष्ट्रपति यो मुलुकलाई चाहिएको हो।
देशले जनताको हिँडडुल गर्ने अधिकार खोसेर सवारी गर्ने राष्ट्रपति खोजेको हो ?
संविधानले त्यो भन्दैन। विगताका राष्ट्रपति माथि समेत जनताले असन्तुष्टि पोखेका छन्। नागरिकता विधेय, संसद् विघटन, प्रधान सेनापतिको विषयमा नागरिकमा असन्तुष्टि देखियो। संविधानले कही न कही अधिकार दिएको छ। तर, राष्ट्रपतिले विवेक प्रयोग गर्नुपर्छ भन्ने आम बुझाइ हो।
संविधानको कुन धाराले विधेयकको प्रयोग गरेर राष्ट्र बचाउ भनेको छ ?
संविधानको धारा ६१ ले राष्ट्रपतिलाई विधेयक सम्बन्धी निर्णय गर्ने अधिकार दिएको छ। संविधानको संरक्षक धारा ६१ म रहेको छ। राष्ट्रपति बन्न गएपछि दलीय छाता बन्द गरेर नागरिकको सेवामा समर्पित हुनुपर्छ।
अब कस्तो राष्ट्रपति को राष्ट्रपति ?
व्यक्ति भनेको जनतासँग जनताको पिरमार्का बुझ्ने हुनुपर्छ। जनताको आँसु पुछ्न जान सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनु आवश्यक हुन्छ। देशमा संविधानको सीमा भित्र बसेर काम गर्ने राष्ट्रपति चाहिन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुतिः कुसुम गौतम
प्रतिक्रिया