लमजुङमा हात्तीपाइले रोगविरुद्ध खोप अभियान सुरु « Khabarhub

लमजुङमा हात्तीपाइले रोगविरुद्ध खोप अभियान सुरु


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ जिल्लाका आठवटै पालिकाहरूले हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागू भएको थियो तर केही पालिकाहरूमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यसपटक औषधी खुवाइएको हो ।

लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो । फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोलमा स्वास्थ्य  संस्था तथा बुथमार्फत हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

अभियान अन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालकालिका र गर्भवती महिला बाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमबाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाइले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आव्हान गरिएको छ ।  

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : २६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत