लमजुङमा हात्तीपाइले रोगविरुद्ध खोप अभियान सुरु « Khabarhub

लमजुङमा हात्तीपाइले रोगविरुद्ध खोप अभियान सुरु


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ जिल्लाका आठवटै पालिकाहरूले हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागू भएको थियो तर केही पालिकाहरूमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यसपटक औषधी खुवाइएको हो ।

लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो । फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोलमा स्वास्थ्य  संस्था तथा बुथमार्फत हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

अभियान अन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालकालिका र गर्भवती महिला बाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमबाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाइले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आव्हान गरिएको छ ।  

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : २६ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६