राजनीतिक व्यक्ति राष्ट्रपति बन्नुपर्छ | Khabarhub Khabarhub

राजनीतिक व्यक्ति राष्ट्रपति बन्नुपर्छ

निर्वाचित भएपछि दलीय टोपी, जामा र जुत्ता खोल्नुपर्छ


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

संविधानले राष्ट्रपतिलाई आलंकारिक भने पनि व्यवहारमा कार्यकारी पद जस्तो देखिएको छ। दलबीच राष्ट्रपति उम्मेदवारको विषयमा टुंगो लगाउने गरी छलफल जारी छन्। नेपालको संविधानले आलंकारिक भने पनि व्यवहारमा किन राष्ट्रपति कार्यकारी जस्तै देखिन्छन् ? खासमा राष्ट्रपति कस्तो हुनुपर्छ ? यी र यस्तै विषयमा आधारित भएर नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

के संविधानले राष्ट्रपतिलाई कार्यकारीकै हैसियतमा काम गर्ने छुट दिएको छ ?
यो केही हदसम्म सत्य हो। वास्तवमा हाम्रो संविधानले कार्यकारी राष्ट्रपति चाहेको होइन। हाम्रो संविधान अनुसारको राष्ट्रपति आलंकारिक मात्र हो भन्ने कुरामा सहमत हुन सकिँदैन। यो कुरामा पनि सहमति छैन र मान्दिन। नेपालको राष्ट्रपति आलंकारिक वा कार्यकारी यो कुनै कानुनी शब्द भने होइन। नेपालको राष्ट्रपति संवैधानिक राष्ट्रपति हो। आलंकारिक राष्ट्रपति होइन।

के राष्ट्रपतिलाई यो संविधानले बाँधेको हो ?
संविधानले यो देशका सबै नागरिक चाहे राष्ट्रपति होस्, चाहे प्रधानमन्त्री होस् सबैलाई बाँधेको छ।

राष्ट्रपतिलाई कुनै कार्यकारी अधिकार दिएको छ कि छैन संविधानले ?
राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएको छैन। तर राष्ट्रपति यो संविधानको पालक र संरक्षक हो। कार्यकारी अधिकार प्रधानमन्त्रीसँग रहन्छ। राष्ट्रपतिले कार्यकारी अधिकार प्रयोग गर्दा मन्त्रिपरिषद्को सल्लाह र सहमतिमा गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत काम गर्नुपर्ने व्यवस्था संविधानले गरेको हुन्छ। राष्ट्रपतिको निर्वाचनसँग बाहिर आएको कार्यमा धेरै गतिविधिलाई समेटेर अगाडि बढ्नु पर्ने हुन्छ।

संविधानको संरक्षक भनेको संविधान नमिच्ने हो संविधान मिचेर कुनै आमुख काम गर्नु भनेको होइन ?
यो बिल्कुल सही हो। विगतका कतिपय कुरा हेर्दा रामवरण यादवका क्रियाकलापलाई ध्यान दिएर हेर्न सकिन्छ। चाहे विद्यादेवी भण्डारीका पालामा भएका कार्यलाई हेर्दा पनि हुन्छ। जतिबेला राष्ट्र विवादित हुने खालका विषय आउँछन् त्यस बेला राष्ट्रपति आफूलाई सक्रिय बनाउन खोजेको भान हुन्छ। झन् विवादको कारण तथा संविधानले परिकल्पना गरेको भनेको संविधानको दायरा भित्र रहनु हो।

हामीले एक अर्कोलाई आरोप लगाएर संविधान मिचेर धुजा धुजा बनाएको हो ?
हामीले संविधानलाई धुजाधुजा पार्ने कोसिस गरेका छौँ। जानीनजानी आफ्नो स्वार्थ पूर्ति गर्नको निम्ति राजनीतिक पार्टी तथा शक्तिमा रहेका व्यक्ति हुन ती सबैले यो प्रयास गरेका छन्। अब यो संविधानको संरक्षण र पालना गर्ने राष्ट्रपति आउनु पर्छ। नेपालको राष्ट्रपति रबर इस्टाम्प नै हो। राष्ट्रको बिन्ती कुनै कार्यमा गलत भएको स्थानमा त्यसलाई सकारात्मक रूपमा लैजान प्रेरित गराउनु पर्छ। यो संविधानले कही न कही विवेक प्रयोग गर्न सक्ने प्रयास गरेको छ।

यो संविधानले विवेक रोक्ने अधिकार कहाँ दिएको छ र ?
कानुन निर्माताले कानुन निर्माण गर्दा ध्यान दिनुपर्छ। राष्ट्रपतिसँग निरन्तर समन्वय र सहमतिका आधारमा कार्य गर्नुपर्छ। म प्रधानमन्त्री हो राष्ट्रपति केही पनि होइन भन्ने धारणा राखेर अगाडि बढेमा कुनै काम हुँदैन। विवेक प्रयोग गर्ने भनेको कुल्चिने होइन। हामीले कसैलाई रोक्न सकिँदैन। तर गलत कार्य नगर भन्ने मात्र हो। कुनै पनि कार्यको उदार तथा भलोमा निहित रहनु पर्छ। हिजोको आधारबाट अन्दाज मात्र गरेको हो।

कस्तो राष्ट्रपति भयो भने संविधानको मर्यादाभित्र रहला दायित्वको बहन गर्ला ?
राष्ट्रपतिको निम्ति मतदान गरिसक्यो। मैले यो संविधानको पालक, संविधानको संरक्षक होस भन्ने कुराको लागि मतदान गरिसकेँ। प्रतिनिधि सभाको सदस्य छाने, प्रदेश सभाको सदस्य छाने त्यति बेला नै अधिकार प्रयोग गरियो। राष्ट्रपति छान्ने जिम्मेवारी प्रतिनिधि सभाका संसद् र प्रदेश सभाका सांसदलाई दिएको छ। यो राष्ट्रपति हुनुपर्छ भन्ने मेरो कुनै हितको कुरा होइन। अब बन्ने राष्ट्रपति जनतालाई दुःख नदिइकन जनताको अगाडि सरल बन्न सक्ने मान्छेको खोजी भएको छ। जोसँग कार्यकारी पावर छ। त्यसले जनताको पिर मार्का बुझेको देखिएन्।

चौंथो राष्ट्रपति कस्तो व्यक्ति आउने अवस्था देखिन्छ, दलबाट कि बाहिरबाट ?
दलभन्दा बाहिरबाट हामीले कसैलाई लिएर गएका छैनौँ। व्यक्तिको हिसाबले तेस्रो राष्ट्रपति बनाउने प्रयास भएको छ। राजनीतिक दल भित्रबाट नै राष्ट्रपति हुने देखिन्छ। राष्ट्रपति भएपछि दलीय टोपी, जामा, जुत्ता सबै फुकाल्नुपर्छ। तर उम्मेदवार राजनीतिक दलबाटै आउने निश्चित छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुतिः कुसुम गौतम

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ५६ बजे

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बर्दिया – बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौं – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा