टोखा झोरको बौडेश्वर मन्दिर बन्न सक्छ दोस्रो कैलाश मानसरोवर | Khabarhub Khabarhub

टोखा झोरको बौडेश्वर मन्दिर बन्न सक्छ दोस्रो कैलाश मानसरोवर


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखाको झोरमा रहेको बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर पर्वत बन्ने सम्भावनासहित ऐतिहासिक किंवदन्ती भेटिएको छ । भगवान शिवजी कैलाश मानसरोवरपछि गोसाइकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको विशाल ढुंगाभित्रको बौडेश्वर मन्दिरमा बास र ध्यान गरेको भन्दै स्थानीयले सो मन्दिर दोस्रो कैलाश मानसरोवर रहेको बताएका हुन् ।

शिवजीले कैलाश पर्वतमा विष सेवन गरेका बेला गोसाइकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको क्षेत्रमा बास गरेको कतिपय स्थानीयको भनाई छ । केहीले भने शिवजीले भष्मासुरलाई दिएको वरदान स्वरूपमा उल्टै भष्मासुरले शिवजीकै टाउकोमा हात राखेर नष्ट गर्ने उद्देश्यले लखेट्दै गएपछि भगवान शिवजी टोखा झोरमा रहेको विशाल ढुंगाभित्र प्रवेश गरेर ज्यान बचाएको भन्ने किंवदन्ती छ ।

भगवान शिवजी सजिलै विशाल ढुंगाको गुफामा प्रवेश गरेपनि भष्मासुर राक्षस भने ठूलो शरीर भएका कारण प्रवेश गर्न नसकेर शिवजीलाई भेट्टाउनै नसकेको पनि बुढापाकाको भनाई छ । भष्मासुर राक्षसले विशाल ढुंगाभित्र प्रवेश गर्नका लागि घुँडा धसेको प्रमाण पनि स्थानीयले देखाएका छन् । विशाल ढुंगाभित्र पसेर ज्यान जोगाउनुका साथै ध्यान गरेकाले अहिले सो ढुंगाभित्र शिवजी महादेव, सतीदेवी र गणेशको स–सानो शिलामा स्थानीय र पर्यटक पुगेर पुजा गर्दै आएका छन् ।

सो कुरा स्वस्थानीमा उल्लेख रहेको पनि स्थानीयको धारणा छ । एनटीपी मल्टिमिडिया ग्रुपले आयोजना गरेको ‘टोखाको पर्यटन प्रवर्द्धन, व्यवस्थापन र पूर्वाधार विकास’ कार्यक्रममा बोल्दै टोखा नगरपालिका १ का वडाध्यक्ष रमेश लामिछानेले किंवदन्ती ऐतिहासिक रहेपनि त्यसको संरक्षण र प्रवर्द्धन गर्न बजेटको अभाव रहेको बताए । भगवान शिवजीले तपस्या गरेको, राक्षसबाट बच्न लुकेको र विशाल ढुंगाभित्र भगवान रहेको विश्वासले टोखा झोर दोस्रो कैलाश मानसरोवरका रुपमा अवस्थित रहेको पनि उनको बुझाई छ । तर पर्यटन प्रवर्द्धन गर्न नसकिएकाले ओझेल परेको उनको भनाई छ ।‘यो झरना र मन्दिर अद्भुत छ ।

यसभित्रको शक्ति पनि धेरै छ । भूकम्पले हल्लाउन नसकेको यो विशाल ढुंगा र शक्तिलाई सबैले पुँजा गरिरहेका छन्’ उनले कार्यक्रममा भने, ‘शिवजीले नै ध्यान र तपस्या गरेको ठाउँ भएकाले यो झोर नामले चिनिएको बरुणेश्वर अर्थात बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर हो । अब हामी त्यो स्थापित गर्न लागि परेका छौँ ।’ विशाल ढुंगाभित्र महादेव, सतीदेवी र गणेशको शक्ति भएको शिला छ ।

सतीदेवीको दायास्तन सो क्षेत्रमा पतन भएकाले पनि सो क्षेत्रमा पुजाआजा हुँदै आएको छ । ढुंगाभित्रको मन्दिरलाई गुफाभित्रको मन्दिर भन्ने गरिएको छ । बाहिर रहेको विशाल ढुंगामा वर्षायाममा माथिबाट आएको खोलाको पानी झर्ने भएकाले झोर झरनाका रुपमा मात्रै सो क्षेत्र परिचित छ । झोर माथि रहेको ठूला ढुंगाको भित्री भागमा तपस्या गर्ने ठाउँ पनि छ । त्यसमाथि गणेश र महादेवको अनुहार देखिने दुई वटा ठूला शिला छन् । गणेशको बाहन मुसाजस्तो देखिने शिलालाई पनि स्थानीयले भगवानकै शक्तिका रुपमा पुज्ने गरेका छन् ।

मन्दिर अगाडि रहेको कुण्डमा पाँच पाण्डवले तपस्या गरेको भन्दै सऔसाना कुण्ड पनि देखिन्छन् । हिन्दु धर्मको आस्थाको धरोहर रहेको टोखा झोरको मन्दिर परिसरमा बौद्ध धर्मका लामाले पनि वर्षौ पहिलेदेखि आएर ध्यान गर्दै आएका छन् । उनीहरु बैशाखको महिनामा आएर पूजाआजा गर्ने गरेको स्थानीले बताएका छन् । धार्मिक हिसाबले धेरै महत्वपूर्ण बौडेश्वर मन्दिर प्रवर्द्धन अभावमा ओझेल परेपछि एनटीपी मल्टिमिडियाले सो क्षेत्रमा बहस तथा प्रवर्द्धन कार्यक्रमको सुरुवात गरेको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्य र टोखा नगरपालिकाको सहयोगमा एनटीपी मल्टिमिडियाले पहिलो चरणको कार्यक्रम झोरको बौडेश्वर मन्दिर परिसरमा स्थानीय पुजारी र बुढापाका तथा वडाध्यक्ष राखेर बहसमुलक प्रवर्द्धन कार्यक्रम गरेको छ । आगामी बैशाखमा बसन्तपुरमा आयोजना हुने ‘नेपाल टुरिजम फेस्टिभल’मा दोस्रो कैलाश मानसरोवरका रुपमा रहेको झोर झरना तथा बौडेश्वर मन्दिरको विशेष फोटो प्रदर्शनीमा राखिने पनि एनटीपी मल्टिमिडियाले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : १६ बजे

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न