कर्णाली करिडोर कालोपत्र हुने « Khabarhub

कर्णाली करिडोर कालोपत्र हुने


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मान्म- कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको सडक कालोपत्र हुने भएको हो ।

कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए । ‘खुलालु लैफु हुँदै सलिसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ’, उनले भने, ‘पहिलो पटक सडक कालोपत्र हुन लागेको हो ।’

कालोपत्रका लागि सडक विभागले डीपीआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए । ‘कालोपत्र सडक दुई लेनको हुनेछ, डीपीआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरे लगत्तै काम सुरु हुनेछ’, उनले भने, ‘बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ ।’ कालीकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए ।

कालोपत्र गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए । ‘ आठ करोड रुपैयाँ लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : १८ बजे

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)