कर्णाली करिडोर कालोपत्र हुने « Khabarhub

कर्णाली करिडोर कालोपत्र हुने


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मान्म- कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको सडक कालोपत्र हुने भएको हो ।

कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए । ‘खुलालु लैफु हुँदै सलिसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ’, उनले भने, ‘पहिलो पटक सडक कालोपत्र हुन लागेको हो ।’

कालोपत्रका लागि सडक विभागले डीपीआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए । ‘कालोपत्र सडक दुई लेनको हुनेछ, डीपीआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरे लगत्तै काम सुरु हुनेछ’, उनले भने, ‘बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ ।’ कालीकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए ।

कालोपत्र गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए । ‘ आठ करोड रुपैयाँ लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : १८ बजे

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

काठमाडौं–निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार

एजेन्सी – ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा