बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन « Khabarhub

बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचका विभिन्न पूर्वाधार आयोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।

द्विपक्षीय भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै प्रधानमन्त्रीले धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल तथा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवाको भर्चुअल उद्घाटन गरेका हुन्।

त्यसैगरी, बनबासामा एकीकृत जाँच चौकी स्थापना, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्ड र झापामा तेल भण्डारण टर्मिनल निर्माणसम्बन्धी परियोजनालाई अघि बढाइएको छ।

दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको पनि भर्चुअल शिलान्यास गरेका छन्।

कार्यक्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रसमेत आदानप्रदान भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ३ : ०२ बजे

‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ भन्दै मोदीले गरे बहुआयामिक सहकार्यको घोषणा (पूर्णपाठ)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन

पेट्रोलियम पूर्वाधारमा नेपाल–भारत सहकार्य विस्तार, इन्धन ढुवानी खर्च ५० प्रतिशतसम्म घट्ने

काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउने र आपूर्ति प्रणालीलाई थप

बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

नयाँ दिल्ली- नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र

प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीच भएका समझदारी