गणपूरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित « Khabarhub

गणपूरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गणपूरक सङ्ख्या नपुगेका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । यससँगै बैठक आगामी फागुन १५ गते बस्ने छ ।

बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नका प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले जवाफ दिएकी थिइन् ।

उक्त नियमापत्तिपछि सभामुख घिमिरेले ३ मिनेट घण्टि बजाई सचिवालयका कर्मचारीलाई सांसदको सङ्ख्या यकिन गर्न निर्देशन दिएका थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्तावलाई संसद्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा तत्काल कायम रहेको सांसदको सङ्ख्या एक चौथाई उपस्थिति हुनुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार कम्तिमा पनि ६९ जना सांसदको उपस्थिति हुनुपर्नेमा तीन मिनेट जनाउ घण्टी बजाएपछि पनि जम्मा ५० सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : २४ बजे

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति