रूसको सदस्यता निलम्बन « Khabarhub

रूसको सदस्यता निलम्बन


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले युक्रेनमा रूसी आक्रमणलाई लिएर रूसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ ।

एफएटीएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ ।

समूहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, “समूहको उद्देश्य सुरक्षा, सुरक्षा र विश्वव्यापी वित्तीय प्रणालीको अखण्डतालाई बढावा दिनु भएको र रूसी महासङ्घको यो कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकोले कारबाही अघि बढाइएको छ ।” एफएटीएफको मापदण्ड कार्यान्वयनका लागि रुस अझै पनि जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ भने कम्बोडिया र मोरक्कोलाई उक्त श्रेणीबाट हटाएको छ ।

रूसलाई युरोपेलीे परिषद्बाट निष्कासित गरिएको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट निलम्बित गरिएको छ, तर रूस अझै पनि धेरै अन्तर्राष्ट्रिय सङ्गठनहरूको सदस्य छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : १३ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो