थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ | Khabarhub Khabarhub

थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ

आज विश्व क्षयरोग दिवस


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो । यसलाई नेपाली जनमानसले टिभी रोग भनेर अथवा उपनामले पनि चिन्ने गर्छन् । यो माइक्रो ब्याक्टेरिया ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने गर्दछ ।

यो एक व्यक्तिबाट अर्कोमा सर्ने रोग हो । क्षयरोग लागेका मानिसमा सक्रिय किटाणु विभिन्न माध्यममबाट अर्को व्यक्तिमा सर्ने हुन्छन् । रोग लागेको व्यक्तिले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना थुकका छिटाको माध्यमबाट हावाका रूपमा अर्को व्यक्तिमा यो रोग सर्ने गर्दछ । सामान्य रूपमा क्षयरोगले फोक्सोमा आक्रमण गर्छ । तर यसले शरीरका अन्य भागमा पनि असर पुर्याउन सक्छ । सक्रिय र निष्क्रिय गरेर दुई प्रकारका क्षयरोग हुने गर्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको थियो । अघिल्लो वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो ।

सामान्यतया सक्रिय र निष्क्रिय गरेर दुई प्रकारका क्षयरोग हुन्छन् । सक्रिय क्षयरोग भनेको कुनै व्यक्तिको प्रतिरोधात्मक क्षमताले क्षयरोगको जीवाणुलाई अर्का व्यक्तिमा वृद्धि हुनबाट रोक्न सकेन र संक्रमण भयो भने त्यसलाई सक्रिय क्षयरोग भनिन्छ । यो कति तीव्र रूपमा सर्छ भन्ने कुरा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा भरपर्छ । निष्क्रिय क्षयरोग चाहिँ यो एउटा मान्छेबाट अर्को व्यक्तिमा सर्दैन ।

क्षयरोगका लक्षण

लामो अवधिको खोकी लाग्ने : क्षयरोग सङ्क्रमित व्यक्तिमा लामो समयसम्म खोकी लागिरहने हुनसक्छ । यो खोकी लगातार तीन हप्तासम्म लाग्ने पनि हुनसक्छ ।

खकारमा रगत देखा पर्ने : धेरै खोकी लागिरहने र खकारमा रगत देखियो भने क्षयरोग भएको हुनसक्छ ।

ज्वरो आउने : क्षयरोग लागेको व्यक्तिमा ज्वरो आउने हुन्छ । ज्वरो पनि साँझपख धेरै आउने र राति सुतेको बेला शरीरमा धेरै पसिना आउने पनि हुन्छ ।

छाती दुख्ने : सङ्क्रमितलाई धेरै छाति दुख्ने र भारी हुनेसम्म हुनसक्छ ।

तौल घट्दै जाने : क्षयरोग लागे मानिसलाई खान मन लाग्दैन । खान मन नलागेको भनेर खान कम गर्दै जाने हुँदा तौलसमेत घट्दै जाने हुन्छ ।

थकाइ लाग्ने : क्षयरोग लाग्दा शरीर भारी हुने र थकाइ लाग्ने हुन्छ । फोक्सोमा असर गर्ने हुँदा शरीरमा अक्सिजनको कमी भएर थकाइ लाग्ने हुनसक्छ ।

उपचारको पाटो
आफूमा कुनै पनि क्षयरोगको लक्षणहरू देखिए भने तुरुन्त अस्पतालमा गएर रगतको जाँच गर्नुपर्छ । छातीको एक्स–रे गर्ने खकारको परीक्षण गर्ने । शरीरको अन्य भागमा पानी जमेको छ भने त्यो पानी निकालेर जाँच गर्ने गर्नुपर्छ । अहिले नेपाल सरकारले क्षयरोगका औषधि प्रत्येक सरकारी अस्पतालमा निःशुल्क गराएको छ । यसको नियमित सेवन गर्नुपर्छ ।

बच्ने उपाय यसप्रकार छन्
-कसैमा क्षयरोग देखिएको छ भने मास्क लगाउने,
-भौतिक दूरी कायम राख्ने,
-खोक्दा, हाच्छ्युँ गर्दा मुख छोप्ने,
-हरियो सागपात मौसमी फलफूल प्रशस्त मात्रामा खाने,
-धूम्रपान मद्यपान नगर्ने,
-सफा रहने,
-रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना खाने,
-थकानबाट टाढा रहने वा केही सामान्य काम गर्ने ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : १४ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्