सोमालियाको गृहयुद्ध र भूमिगत यौन व्यापार | Khabarhub Khabarhub

सोमालियाको गृहयुद्ध र भूमिगत यौन व्यापार


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सोमालियामा भएको गृह युद्धका कारण धेरैको जीवनमा खतरा आएको छ। यसले थुप्रै परिवर्तन ल्याएको छ। गृहयुद्धसँगै बाध्यतावश वेश्यावृत्तिमा पनि मानिस धकेलिएका छन्। त्यसै राजधानी मोगाधिसुमा रहेर दुई महिला वेश्यावृत्तिमा संलग्न भएका छन्।

युद्धको समयपछि त्यहाँको जीवन कत्ति धेरै कहालीलाग्दो छ भन्ने त साध्यै छैन। त्यहाँ रिपोर्ट, रेस्टुरेन्ट, होटेल र अन्य खानेकुरामा समस्या कुरा गरेर साध्यै छैन। त्यसको असरले लागूपदार्थ दुर्व्यसन र यौनको व्यापार भइरहेको छ। यसरी भेटिने महिला मध्ये धेरै जसो, युवती, गरिब र अशक्त नै भेटिएका छन्। एक २२ बर्सिया महिला धेरै अघिदेखि यौन व्यवसायमा संलग्न छन्। तीनको कथा झन् भनेर साध्यै छैन।

कोठामा मधुर प्रकाश छ। त्यसै प्रकाशको छेउमा स्टोभमा आगो दन्किएको छ। तीनै कोठामा रहेकी युवतीको मार्मिक र दारुण कथा साँच्चै मन छुने खालको छ। सुन्नेलाई पनि पीडा दिने। विवाह अघि घर छाड्ने प्रचलन प्राय सोमालियाको महिलामा छैन। घर भित्र नै हिंसा बढ्ने घटना पनि सोमालियामा बढ्दो छ।

उनले भने १९ वर्षको उमेरमा घर छाडेकी हुन्। ‘सुरुवातमा त म भाग्ने सोचमा नै थिइन। तर, मैले सौतेनी आमासँग जिन्दगी बिताउने सम्भावना नै देखिन,’ उनले भनिन्। उनी अगाडि भन्छिन्, ‘म सानो र कलिली हुँदा मेरो आमाको निधन भएको हो। त्यसपछि उनी मेरा बाबुको कान्छी श्रीमती बनिन्। मेरा बाबु सधैँ उनको पक्ष लिन्थे।’ बाबुले सौतेनी आमा ल्याए पछि सुरु भएको दुखको कथा उनी सुनाउँछिन्।

घर छाडेपछि उनले विभिन्न स्थानमा धेरै साथी भेट्टाउन थालिन्। ती हरेक व्यक्ति साथी हुँदै गएको आभास उनलाई भयो। ‘मैले सोचेँ उनीहरूले मेरा बारे ध्यान दिने छन्। मलाई साथ दिने छन्। उनीहरू मेरा साँचो साथी हुन्’, घर छाडेपछिको अनुभव उनले सुनाइन्।

उनी विस्तारै लागू औषधको दुर्व्यसनी बन्दै गइन्। मोरफाइन, ट्रामाडोल र पेथाडाइन उनको जीवनको अति आवश्यक विषय बन्न पुग्यो। त्यसपछि नै उनी लिँडो बीचमा रहेको भूमिगत यौनकर्मीको सञ्जालमा आबद्ध हुन पुगिन्। मोगाधिसुको धमिलो भूमिगत जिन्दगीमा आफू समाहित भएको अनुभव उनले गर्न थालिन्।

नचिनेको मानिसको घरदेखि विभिन्न होटेलमा उनको रात बित्न थाले। उनी आफ्नो पार्टनरका लागि फोनको घण्टी कुरेर बस्न थालिन्। यदाकदा उनका महिला साथीले पुरुष सम्पर्कमा आएपछि उनलाई खबर गरी दिन्थे।

जीवनको विभिन्न घटनाको सामना गर्ने क्रममा उनी विभिन्न खालका ग्राहकसँग सम्पर्क गर्ने गर्थिन्। ‘सुरुवातमा मैले सम्पर्क गर्ने पुरुषहरू मेरा महिला साथीको पुरुष साथी हुन्थे। विस्तारै गुजारा चलाउन पूर्ण व्यवसायी हुनुपर्छ भन्ने महसुस मलाई हुन थाल्यो’, उनले भनिन्।

अहिले त्यहाँ यस्ता व्यवसायी कत्ति छन् भन्ने यकिन छैन। तर, सोमालियाको अवस्था डरलाग्दो भएकोमा कुनै विमति हुन सक्दैन। अर्की एउटी महिला छिन्। २३ वर्षकी उनी यौनकर्मी भएको अढाई वर्ष पार गरेको छ। तिनी पनि घरबाट भागेर हिँडेकी हुन्। अन्य यौनकर्मीले झैँ उनले पनि आफूलाई त्यस भूमिगत गिरोहमा सामेल गराएपछि खुसी पाउँदै गइन्। उनी पनि साथमा पैसा नभएपछि यौन पार्टनरको खोजी गर्न थालिन्।

‘मैले धेरै रात होटेलमा बिताउने गरेकी छु। यहाँका धेरै युवतीको जीवन पनि त्यस्तै हो। त्यहाँ धेरै किसिमका पुरुषहरू भेटिन्छन्। तर, कुनै पुरुषसँगको भेट भने साँच्चै खराब हुने गरेको छ।

सोमालियामा यौन पेसा वैधानिक छैन। यस कारण धेरै युवतीका लागि अधिकारीहरूबाट बचेर अघि बढ्नु साँच्चै चुनौतीपूर्ण हुनेछ। त्यहाँका अधिकारीलाई सोमालियामा बढ्दै गएका अन्य समस्या तथा यसले बढाएको यौनकर्मीको सङ्ख्याका बारे कुने चासो नै छैन।
त्यहाँ यौनकर्मीलाई उल्टो ग्राहकले चुट्ने, पिट्ने लगायतका घटना सामान्य हुने गरेका छन्। सबैले पैसा तिरेर हिँड्छन् भन्ने पनि पक्का छैन।

एक पटक उनको पनि ग्राहकसँग ठूलो झगडा परेको रहेछ। त्यो झगडाको मूल कारण कुल रकम हो। उनको गाला भरी घाउ र डोबहरू थिए। त्यसपछि नै उनी ग्राहकले रोजेको ठाउँमा नभई आफूले चाहेको होटेलमा मात्र जान थालेकी हुन्। ती होटेलमा सबै उनका चिने जानेका मानिसहरू हुने गरेका कारण पछिल्लो समय त्यस्तो कुनै समस्या हुने गरेको छैन।

धेरै यौनकर्मीको समस्या भन् फरक छ। उनीहरूलाई ग्राहकले फकाएर असुरक्षित स्थानमा लैजाने गरेका छन्। त्यही बलात्कारका घटना पनि हुने गरेको छन्। त्यो पनि एक या दुईले होइन धेरै जनाले एकै पटक। कहिलेकाही यस्ता घटनालाई पनि क्यामरामा कैद गरिन्छ। त्यसपछि नै ब्ल्याकमेलिङ सुरु हुन्छ।

ती महिलाको विचारमा जब नसा लिएर यौन कार्य हुन्छ, त्यसमा नै मुभीको पनि डर हुन्छ। त्यसपछि भनेको नमानेमा पिट्ने र त्यसै भिडियोलाई प्रयोग गरेरपछिसम्म धम्क्याउने गरिन्छ। त्यो भिडियो नै पछि ब्ल्याक मेलका लागि प्रयोग गरिन्छ।

एक अध्ययनले यसरी ब्ल्याक मेलको प्रचलन यौनकर्मीको हकमा मात्र नभई ठूलो समूहमा नै हुने ठहर गरेको थियो। ती महिलाले पनि यी सबै भएको घटनाका बारे आफूलाई पूर्ण जानकारी भएको बताएकी छिन्। संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार सन् २०१९ देखि २०२२ सम्ममा त्यहाँ थुप्रै यौन हिंसाका घटना बढेका थिए। यो समस्या युद्धग्रस्त क्षेत्रमा धेरै हुने गरेको थियो। त्यहाँको कानुनी दायरा पनि एकदमै कमजोर भएकाले यो समस्या अझै धेरै भएको अन्तर्राष्ट्रिय निकायको ठहर छ।

अन्तर्राष्ट्रिय निकायले ठहर गरेको तथ्य तथा त्यहाँको सूचांकको आधारमा भन्ने हो भने सोमालिया अन्य समस्या जस्तै लागू औषध, कानुनी शासनको अभाव तथा यौन हिंसाको अग्रणी देश बन्दै गएको छ।

‘सोमालियामा अप्ठेरो परेको व्यक्तिलाई सहयोग गर्ने कुनै निकाय नै छैन। यहाँ अशक्त व्यक्तिहरूले कसैको पनि सहयोग पाउँदैन। जब कोही लागू औषधको कुलतमा फस्छ तब उसलाई सबै तीरबाट अप्ठेरो पारिन्छ,’ ती महिलाले भनिन्।

सोमालियामा थुप्रै महिलावादी संस्था पनि छन्। उनीहरूले यस बारेमा कुनै प्रतिक्रिया व्यक्त गर्न चाहँदैनन्। यी कुनै पनि महिला त्यहाँको संयन्त्र सहयोग भएको भए यस्तो डरलाग्दो स्थानमा पुग्ने थिएनन्। उनीहरू जस्तो धेरै महिला छन् जो ठूलो दलदलमा फसेका छन्।
‘लागू औषध प्रयोग गर्ने धेरै महिलाको अवस्था अझ खराब छ। उनीहरूको राति सुत्ने स्थान समेत छैन’, ती दुवै यौनकर्मी महिला अन्य यौनकर्मीको दुःखद अवस्थाका बारे बताउँछन्।
धेरै महिला त्यसै बीचमा सुती रहेको अवस्थामा ग्राहकले बोलाउँछन्। जत्ति यौन कार्य बापत पैसा पाउँछन् त्यो भन्दा बढी हिंसा सहन्छन्। उनीसँगकी एक महिलाले भने घरबार गरेर बच्चा पाउने तरखर गरेकी रहिछिन्। यो सोमालियाको एउटा इतिहास र घटना हो। यस्ता अनेकन् घटना संसारका प्राय गरिब देशमा हुन सक्छन्।
स्रोत : बीबीसी

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ४४ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको