विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताएका छन्।

विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रङ्गशाला निर्माण सुरु गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरुप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने उल्लेख गरे । उनले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष व्यक्त गरे ।

राज्यको कम लगानीका बाबजुद फुटबल र क्रिकेट खेलमार्फत प्राप्त सफलताले दक्षिण एसियाका साथै विश्वमा नै नेपाल र नेपालीलाई चिनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका सम्पदा भएकाले उनीहरूको संरक्षण गर्नुपर्नमा जोड दिए । “खेलाडीका कारण हाम्रो शिर ठाडो भएको छ । उनीहरुको संरक्षण गर्नु सबैको दायित्व हो”, उनले भने ।

रात्रिकालीन समयमा सञ्चालन हुने उक्त गोल्डकपमा नेपालका ए डिभिजनका छ क्लब, भारतको एक र भुटानको एक क्लबले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका तर्फबाट विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने भारतको लुका सकर क्लब केरला र भुटानको ड्रुक लयुल फुटबल क्लब छन् ।

प्रतियोगिताको उपाधि विजेताले रू २० लाख १५ हजार तथा उपविजेताले रू १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । बिहीबार भएको फुटबल प्रतियोगिता विराटनगर सिटी क्लबले महेन्द्र पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । आजको खेल नेपाल आर्मी क्लब र जावलाखेल युथ क्लब ललितपुरबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १ : ११ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर