गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरे « Khabarhub

गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरे


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

गए राति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : १७ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा