आईपीएल क्रिकेट :चेन्नाईले कोलकातालाई हरायो « Khabarhub

आईपीएल क्रिकेट :चेन्नाईले कोलकातालाई हरायो


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनमा चेन्नाई सुपर किंग्सले पाँचौ निकालेको छ।

गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

यो जितसँगै चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ भने कोलकाता ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ । कोलकाताको यो पाँचौं हार हो ।

चेन्नाईले दिएको २३६ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतक बनाए पनि जिताउन सकेनन् । रोयले २६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनवे, अजिन्का रहाने र शिभम दुवेले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए । रहानेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १५ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित