मतगणना सुरु गर्न चितवनमा ८ बजे सर्वदलीय बैठक बोलाइयो  « Khabarhub

मतगणना सुरु गर्न चितवनमा ८ बजे सर्वदलीय बैठक बोलाइयो 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन–२ को मतगणना सुरु गर्ने सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखि सुरु हुनु पर्ने मतगणना  हुन सकेको थिएन ।

आज सर्वदलीय बैठक बोलाएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयमा बैठक ८ बजे बोलाइएको छ ।

सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै कांग्रेसले उजुरी गरेको थियो ।

सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : ४३ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी